गणतन्त्र दिवशको शुभकामनाको साथमा एउटा ‘कविता’ यहाहरूलाई

मलाई गणतन्त्र आएन,
हो गणतन्त्रले पक्कै छोएन ।
त्यसैले त आज म आफैले वल गरेर
गणतन्त्र छोए
दुईचार वटा अक्षरहरूले ।
समनताको लहर ल्याउछ भन्थे ।
तर
झुपडी र महल विचको खाडल झन लम्बिदै गएको देखे ।
हो हिजो नवलेको चुल्हो, आज पनि वलेन । नपाएको रासन नुन तेल आज पनि पाएन ।
हो रोग, भोक र शोकवाट आजपनि उठेन
हिजो ईनारमा कुटिएको दलित आज पनि कुटियो, त्यसैले त म फेरि भन्छु ।
गणतन्त्रको न्यानो घाम कुना, काप्चा, कन्दराकन्दरामा पुग्न सकेन ।
वा कुना, काप्चा, कन्दराले गणतन्त्रलाई पछ्याउन सकेन ।
यो भएन, उ भएन भन्नु पनि त व्यार्थ छ,
के भएन र?
प्रजातन्त्र आएन कि?
लोकतन्त्र आएन कि?
गणतन्त्र आएन कि, के आएन?
गल्ति त हामीले गरेका छौ ।
हिजो सोधेनौ ।
कसकालागि आउछ गणतन्त्र?
के का लागि आउछ गणतन्त्र?
कागजमा आउछ कि व्यवहारमा आउछ?
के साच्चै सोधेका थियौं र?
हामीले देखि सक्यौ,
ठुलो गोठको ठुलो वहर अनि
सानो गोठको सानो वहर पनि,
सवै वहरहरू उस्तै त रहेछन् ।
केवल डुग्र्याई मात्र फरक,
काम त ति डिल, गह्राहरू भत्काउने,
सिङ्गौरी खेल्ने न हो,
तर
खवरदार, अव
डुग्रदैनौ तिमी,
सिङ्गौरी खेल्दैनौ,
ति खेतका डिलहरू भत्काउदैनौ ।
ति गह्राहरू जोत्छौ,
धर्ती उल्टाउछौ,
मलिलो वनाउछौ,
गणतन्त्र हसाउछौ ।
आज म प्रण गर्छु,
तिमी प्रण गर ।
हामी सवै प्रण गरौ ।
आजै देखि हाम्रो गणतन्त्र हास्छ ।
हो कुना कन्दरामा हास्छ ।
दुर दराजमा हास्छ ।
गरिवको झुपडीमा हास्छ ।
दलितको मन मस्तिष्कमा हास्छ ।
किनकी हामीले प्रण गरेका छौ ।
गणतन्त्र हसाऊने,
गणतन्त्र वचाउने,
हो ती महान शहिदहरूको,
ती विर घाइते योद्धाहरूको
सपना साकार पार्ने ।

– कुमार राना
गोरखा नगर पालिका-9, गोरखा।

Back to top button