दुध बाेक्ने जीप र माेटरसाइकल ठाेकिँदा माेटरसाइकल चालककाे मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको गाछेपानिमा दुध बाेक्ने जिप र माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटना परि माेटरसाइकल चालक इलामको माइजुमाइ गाउपलिका-३ बस्ने २६ वर्षीय शैलेस लिम्फुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट दमौली तर्फ जादै गरेको ग २ च ९६२२ नम्बरको दुध बोक्ने जिप र दमौलीबाट पोखरा तर्फ आउदै गरेको मे ५ प ९२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइकल चालक लिम्फ़ुङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मोटरसाइकल चालकको बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

Back to top button