एकाबिहानै गाेरखाकाे च्याङलीमा बिस्फाेट

गाेरखा । जेठ १३

पालुङटार नगरपालिका वडा नं. ७ गोरखा च्याङ्ली पोखरेली गाउँस्थित सविता कुमालको घरमा आज बिहान करिब ७ बजे एल. पी. ग्यास सिलिन्डर विस्फोट भएको छ । ग्यास सिलिण्डर निभाउने क्रममा एक जना व्यक्ति समान्य घाइते भएका छन् भने करिब १० लाख बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ग्यासमा के कति कारणले आगलागी भयो भन्ने कुरा भने थाहा हुन सकेको छैन । घाइते हुने व्यक्ति ईश्वर कुमाल रहेको बताइएको छ ।

ग्यास सिलिन्डर काे रेगुलेटर लिक भएका कारण साे बिस्फोट भएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका इन्चार्ज मदन अाचार्यले बताउनुभयाे । भान्सा काेठा मुल घरसंग नजाेडिएकाेले पनि क्षति कम भएकाे अाचार्यले बताउनुभयो ।

Back to top button