जापानमा भारी वर्षा टोकियोमा प्रति घण्टा क्रमशः १३ दशमलव ५ मिलिमिटिर पानी

टोकियो । मंगलवारमा जापानको होन्सु क्षेत्रमा भारी वर्षा भएको छ । प्रभावित क्षेत्रमा खतरा बढेसँगै त्यहाँका नागरिकलाई अन्यत्र सर्ने सुझाव पनि दिइएको छ । सो क्षेत्रमा मंगवलवार विहान प्रति घण्टा ५५ दशमलव ५ मिलिमिटर पानी परेको थियो ।

त्यस्तै टोकियो र नागोयामा प्रति घण्टा क्रमशः १३ दशमलव ५ मिलिमिटिर र २३ मिलिमिटर पानी परेको थियो । भारी वर्षाका कारण पहिरो आउन सक्ने चेतावनी दिँदै त्यहाँका बासिन्दलाई सुरक्षित स्थानमा बसाइ सर्न पनि भनिएको छ ।

कान्तो क्षेत्रका रेल, फेरी सेवा पनि या त ढीलो भएका थिए या रोकिएका थिए । होन्सुको चीसो मौसम र तातो हावाको बहावका कारण भारी वर्षा भएको जापानको मेट्रोलोजिकल एजेन्सीले बताएको छ । साथै एजेन्सीले हावाहुरी, गडयाङगुडुङसहितको मेघ गर्जन साथै टोर्नाण्डोको चेतावनी समेत दिएको छ । एजेन्सी

Back to top button