सवारी नभई आवागमन शब्द प्रयोग गर्न राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई आवागमन शब्द प्रयोग गर्न आग्रह गर्नु भएको छ । गोरखा दरबारको अवलोकन तथा गोरखकाली र गोखानथको पुर्जाअर्चनापछि आज (आईतवार) गोरखा संग्रहालयमा सर्वसाधारणसँगको भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो ।

‘सवारी’ शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको बताउनु हुदैं ‘आवागमन’ शब्दको प्रयोग गर्न आग्रह गर्नुभयो । ‘सवारी शब्दले ‘रुड’ मिनिङ दिन्छ, यो अरबिक शब्दपनि हो, बरु आवागमन भन्दापनि हुन्छ, कुनै नेपाली ठेट शब्द प्रयोग गर्दा हुन्छ।’ राष्ट्रपति पौडेलले भन्नुभयो । राष्ट्रपतिको निर्वाचनका बेला आफुले राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा के फरक हुन्छ भन्ने कुराको हेक्का राख्छु भनेको कुराको स्मरण गर्नुभयो ।

‘ देशमा गणतन्त्र आएको छ । राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ ।’ उहाँले भन्नुभयो, ‘अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं । अवागमन शब्द प्रयोग गरे हुन्छ ।’ नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपछि उपत्यका बाहिरको पहिलो पटक धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखामा भ्रमण गर्न पाउँदा आफु हर्षित भएको राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले आफ्नो आस्था राष्ट्रियता र प्रजातन्त्र भएकोले यसको संरक्षण र सम्र्वद्धन गर्ने जिम्मेवारी र कर्तब्य सम्झेको बताउनुभयो ।

‘विसं २०७२ सालमा बिनासकारी भुकम्पले भत्काएको दरवार फेरी पुननिमर्ण भएको देख्न पाउँदा खुसी लागेको छ ’ उहाँले भन्नुभयो । पौडेलले आफूले गोरखामा राम शाह र बिसे नगर्ची पनि सम्झिएको बताउनुभयो । जिल्लाको पालुङटर, पिपलटार च्याङलिटार जस्ता कृषि क्षेत्रलाई सुधार गर्ने सके अत्मानिर्भर बन्न सकिनेमा उहाँले जोड दिनुभयो। मनासलु पदमार्ग, पालुङटार हवाई मैदान यहाँको आर्थिक बिकासको महत्वपूर्ण आधार हुन सक्ने उहाँको भनाई छ । उहाँले ईतिहास बचाएर राखेको प्रति गोरखालीलाई धन्यबाद समेत दिनु भएको छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा आउनुभएको हो । उहाँले गोरखा दरवारको पुजा सकेर सदरमुकामकै ठुलो आगनमा र संग्रालय भित्र रहेको राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पौडेलले गोरखाकाली र गोरखनाथमा पुजा गर्दा सर्व साधारणलाई पनि खुल्ला गरिएको थियो भने सालिकमा माल्यार्पण गर्दा पनि सवारी आवागमनमा कुनै पनि रोक लगाईएको थिएन ।

nagarik sawal

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.