तनहुँको बन्दीपुर गाउँपालिका—४ बिमलनगर स्थित चुनपहरामा मगर सङ्ग्रालय निमार्ण शुरु

तनहुँको बन्दीपुर गाउँपालिका—४ बिमलनगर स्थित चुनपहरामा मगर सङ्ग्रालय निमार्ण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सङ्ग्रालय निमार्ण कार्य अघि बढेको छ । सङ्ग्रालयको लागि बन्दीपुर गाउँपालिकाले प्राविधिक सहयोग गरेको छ । सङ्ग्रालयको निमार्ण कार्य सोही ठाउँ स्थित चुनपहरा प्राकृति रमणीय स्थल संरक्षण समितिले गरि रहेको छ ।
सङ्ग्रालयको प्रतिनिधी सभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले शनिबार शिलान्यास गर्नु भएको छ । सो अवसरमा सांसद श्रेष्ठले सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सङ्ग्रालय निमार्णको लागि पहल गरेको बताउँदै तत्कालिन मन्त्री रविन्द्र अधिकारीको सहयोगमा रकम विनियोजित भएको जानकारी दिनुभयो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सङ्ग्रालय निमार्णको लागि अपुग रकम गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । निमार्ण कार्य शुरु भएको चुन पहरा प्राकृतिक रमणीय स्थल संरक्षण समितिका कार्यबाहक अध्यक्ष बेनिबहादुर थापा सुस्लिङमगरले जानकारी दिनुभयो । कार्यक्रममा सङ्ग्रालयले नयाँ पुस्तालाई पुराना सस्कृतिको जानकारी तथा भाषा, सस्कृति संरक्षण सहयोगको लागि मद्धत पुग्ने वक्ताहरुले विश्वास लिएका छन् ।

Back to top button