राष्ट्र जागरणका लागि धार्मिक मेला

अमरराज नहर्की
वैशाख २५ गते । नेपाल एकीकरणको केन्द्रविन्दु मानिने लमजुङ र गोरखाको सिमना स्थल चक्रतिर्थ धाममा मङ्गलबार एक दिने धार्मिक मेला गरिएको छ । राष्ट्रिय एकता र अखण्डताको लागि नेपालको मौलिक धमर्, सस्कृति र परम्परा संरक्षण गर्ने मूख्य उद्धेश्यले मेला गरिएको आयोजक चक्रतीर्थ धाम विकास समितिले जनाएको छ । चक्रतिर्थधामलाई रानी वसन्तावतीले राजा पुत्रद्धय नरहरी शाह र द्रव्य शाहको द्धन्द्धात्मक सम्बन्ध हटाउन चम्पावती नदीमा दुग्धधारा बगाई मैत्री कायम गरेको ऐतिहासिक स्थल मानिन्छ ।
महोत्सवमा सनातन ज्ञान, विज्ञान, नेपाली कला, सस्कृति, योग, सस्कार तथा आध्यामिक दर्शनका बारेमा प्राचार्य गोविन्द रेग्मी(कौशिक) प्रवचन दिनु भएको थियो । सो अवसर प्राचार्य रेग्मीले आध्यात्मले सबै प्राणी जगतमा प्रेम सञ्चार गर्दै द्धन्द्ध तथा हिंसा निकारणकोका लागि महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । प्राचार्य रेग्मीले आध्यामिक, आदिदैविक र आदिभौतिक तिनै किसिमका दुःख पिडा निराकण गर्दै असीम सुख, शान्ति र आनन्द समेत आध्यामिक सत्ससंगले प्रदान गर्ने बताउनुभयो । साथै उहाँले यस किसिमका आध्यामिक जागरणद्धारा वैचारिक एकता र राष्ट्रिय अखण्डका लागि राष्ट्रव्यापी रुपमा यो अभियान देशका कुना÷कुना पुग्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सर्वदय सेवा आश्रमका अध्यक्ष कृष्णराज वलियाले पनि प्रकृतिको सरंक्षण गर्दै योग तथा आध्यामलाई जीवनमा अपनाउन सके सिंगो प्रकृति सहित मानव जीवन सुखी हुने बताउनु भयो । चक्रतिर्थधाम गोरखाको पालुङटार नगरपालिका र लमजुङको राईनास नगरपालिकामा सिमानास्थल चम्पवती नदीको किनारमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker