
सुजन न्यौपाने
प्रहरी सँग सोधेर एउटा घटनाको बिषयमा रिपोट तयार गनु पर्ने थियो तर फोन फिटिक्कै लाग्दैन, हतार हतार इलाका प्रहरि कार्यालय ठाँटिपोखरी पुगे । इलाका प्रहरि कार्यालयका इन्चार्ज सई हरि थापा कक्षा १२ को परिक्षा भएकाले परिक्षा केन्द्रमा सुरक्षाकर्मी पु¥याउनका लागि निस्कन लाग्नु भएको रहेछ । फोन नलागेको र आँफुलाई चाहिएको कुरा गर्दा उहाँले दुःख पोख्नु भयो नेपाल टेलिकमको नेट्वर्क समस्याले सबै भन्दा समस्या उहाँलाई भएको रहेछ । घटना घटि सक्यो फोन लाग्दैन, बल्ल बल्ल फोन लाग्छ घटना स्थल पुग्दा अपराधी भागि सकेको हुन्छ उनले भने ।
पालुङटारमा नेपाल टेलिकममा समस्या आएको एक हप्ता भन्दा बढि भएको छ । यो समस्या गोरखा जिल्ला भरि छ । फोन नलागेर समस्या भएको यो मात्र होइन अन्य लाई पनि समस्या छ । पालुङटार नगरपालिकाका वडा नं. ०४ का भरत पौडेल हिजो राजधानि सहर गए । याता घरबाट फोन ग¥यो लाग्दैन उनि पुगे नपुगेको भोलि पल्ट मात्र पत्ता लाग्यो यस्ता धेरै समस्या रहेको छ ।
यि त भए प्रतिनिधी घटनाहरु जो हामि सँग प्रत्यक्ष ठोकिएको छ तर यस्तो समस्या आँउदा समेत नेपाल टेलिकम बेखबर जस्तो देखिएको छ । यस्ता समस्याले समाजमा पार्ने प्रभावको जिम्वेवारी को हुन्छ ? जनतालाई यस्को जवाफ कस्ले दिन्छ ।
यसै बिषयमा बुझ्न खोज्दा नेपाल टेलिकम गोरखा शाखामा फोन नै लाग्न सकेन । यसको समाधानका लागि सम्बन्धित निकायको ध्यान दिनु जरुरी छ ।