
नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकार आर्थिक समृद्धीको दिशामा प्रतिबद्ध रहेको बताएका छन् । पालुङटार वडा नं. ०४ स्थित गोरखा नमूना बहुप्रविधिक शिक्षालय घोषणा तथा शिलन्यास कार्यक्रमको उद्घाटन गर्दै नेता श्रेष्ठले सरकार आर्थिक समृद्धीको दिशामा अघि बढेको बताएका हुन । नेता श्रेष्ठले बर्तमान सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकास गरेर मात्र र जनताका आधारभुत आवश्यकतालाई मध्यनजर गरेर रोजगार युक्त समुन्नत समाजको परिकल्पनाका साथ आफ्नो पार्टीको सरकारले काम गरिरहेको बताएका छन् । सोहि अवसरमा नेता श्रेष्ठले समृद्ध नेपालको निमार्णका लागि सबै राजनीतिक दलहरु लाम्बद्ध हुनु पर्नेमा जोड दिएका छन् । आँफुहरुको समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने भन्दै नेता श्रेष्ठले सकृद्धिका लागि कर्मचारी संयन्त्रलाई त्यस्को निम्ति परिचालन गर्दै आम जनताको सहभागितालाई पनि जोड्दै नयाँ नेपाल बनाउने प्रकृयामा अगाडी जाने बताएका हुन । पालुङटार बासीका लागि खुसीको खबर सुनाउन चाहेको भन्दै उनले आगामी बर्षको संघिय सरकारको बजेटमा बहुवर्षे योजनाको रुपमा पालुङटार एपोर्ट पारिएको भन्दै उनले पहिलो चरणमा थोरै क्षमताको जहाजले उडान भर्दै यस क्षेत्रमा पर्यटन प्रर्वदन गर्ने योजना बर्तमान सरकारको रहेको बताएका छन् । सबै थोकका विकासका निम्ती शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो त्यो पूर्वाधारको पनि पूर्वाधारलाई हरहालतमा सफल बनाउने गरी नमूना प्रविधीक शिक्षलय घोषणा भएको छ भन्दै यसलाई सफल पार्न सबै जना जुटनु पर्नेमा नेता श्रेष्ठले जोड दिए । नेता श्रेष्ठले बर्तमान सरकारले नेपाललाइ समृद्ध बनाइ छाड्छने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, गाण्डकी प्रदेशका भौतिक ताथा पूवार्धार मन्त्री रामशरण बस्नेत, प्रदेश सभा सदस्य हरिशरण आचार्य, प्राविधिक शिक्षण तथा तालिम परिषधका सदस्य सचिव डा. पुष्प रमण वाग्ले, पूर्व योजना आयोगका उपाध्यक्ष डा. दिनेश चन्द्र देवकोटा तथा पालुङटार नगरपालिकाका उप प्रमुख पम्फा बसेल लगाएतले स्वागत मन्तव्य राखेका थिए ।
४ करोड ९० लाखको लगानिमा बन्न लागेको उक्ते एकेडेमिक भवन १८ कोठाको रहने छ भने उक्त भवनको निमार्ण डेढ बर्षमा पुरा भै प्रयोगमा आइ सक्ने अपेरक्षा रहेको गोरखा पोलिटेक्निक इन्टिचिउटका प्रमुख विज्ञान अधिकारीले जनाएका छन् ।