
रविन्द्र कंडेल
२२ वैशाख, गोरखा । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् ।
पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ करीब ५ बजे उनीहरुलाई पक्राउ गरिएको हाे । अस्थायी प्रहरी पाेष्ट बिरूवाटार र जिल्ला प्रहरी कार्यालय गोरखाकाे गस्ती टाेलीले पक्राउ गरेकाे हाे ।
पक्राउ गर्ने क्रममा दुवै पक्षका सामान्य घाईतेसमेत भएकाे एस पी भोला रावलले बताउनुभयाे।
तानातानको क्रममा लडेर जिल्ला सेक्रेटरी भट्ट र एकजना प्रहरी जवान घाइते भएका छन् । भट्टको खुट्टा भांचिएकाे हुनसक्ने अनुमान गरिएकाे छ भने केही प्रहरी जवानको हात र खुट्टामा चाेट लागेकाे बताईएकाे छ । ४७ बर्षका कुमाल गोरखा नगरपालिका दश किलोका हुन् भने ३७ बर्षका भट्ट भिमसेन थापा गाउँपालिका मसेलका हुन् ।
उनीहरुलाई अस्थायी सांझ नै जिल्ला पठाईसकिएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले जनाएकाे छ । उनीहरूकाे साथबाट पर्चा, पाेष्टर, क्यालेन्डर, चन्दा रसिद लगायतका सामग्रीहरू समेत बरामद गरेकाे छ ।
यस अघि प्रहरीले विप्लव समूहका अन्य दुई जना कार्यकर्ता गाेरखाबाट पक्राउ गरिसकेको छ ।