

डिपि अधिकारी
नेपालको अल्पसंख्यक तथा सिमान्तकृत जातिको रुपमा सुचिकृत आदिबासी जनजाती भुजेल जातिको मौलिक भाषाको पहिलो चलचित्रको करिब ८० प्रतिशत छायाँकन गरिएको स्थान तनहुँको आँबुखैरेनी १ र बन्दिपुर ५ को भुजेलगाउँमा प्रदर्शनी गरिएको छ । भुजेल सामाज सेवा सुधार समितिको सक्रियतामा भकारी इभेन्ट्स प्रा.लि.को ब्यानरमा निर्मित सेवानुङ्ग फिल्मस्को प्रस्तुति भुजेल भाषाको पहिलो चलचित्र
“नि–प्हुँगाल” अर्थात “हामी भुजेल” चलचित्र आफ्नै ठाउँमा सुटिङ भएर आफ्नै घर–आँगनमा हेर्न पाउँदा अत्यान्तै खुशी लागेको स्थानीयले बताएका छन् । चलचित्रको छायाँकन तनहुँको आँदिमूलको भुजेलगाउँ, कास्कीको कास्कीकोट र भुजेलहरुको ऐतिहासिक स्थल बाग्लुङको भुजीगाउँमा भएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा भिम भुजेल, सुरज भुजेल, पूजा भुजेल, मिनु भुजेल र रेशम भुजेलको मुख्य अभिनय रहेको छ भने कमल भुजेलको कथा, विमल जिसी भुजेल, कमल भुजेल र पृथ्वी भुजेलको गीत रहेको छ । त्यसैगरी चलचित्रको निर्देशक कृष्ण कुमार गुरुङ, मुख्य सहायक निर्देशकमा सोम गुरुङ र सहायक निर्देशकमा ज्ञानु भुजेल रहनु भएको छ ।