नयाँ शक्ति पार्टी नेपालको भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारले नयाँ बर्ष २०७६ काे शुभकामना अादान प्रदान गर्याे

नयाँ शक्ति पार्टी नेपालको भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारले आउदै गरेको नेपाली हरुको नयाँ बर्ष २०७६ सालको पावन अबसरमा गत ५अप्रिल २०१९ शुक्रबारका दिन साहनिया स्थित अल दोसरी जु पार्कमा शुभकामना आदान प्रदान, बनभोज तथा बिभिध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका अध्यक्ष देव परियारको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अथिति संगठनका निबर्तमान ईन्चार्ज एबम बर्तमान सल्लाहकार शिबराज भट्टराई रहेका थिय भने बिशेष अथिति हरुमा सल्लाहकार हरु संयोजक दुर्गा सुनार, सल्लाहकार हरु बिरेन्द्र महतो,राजेन्द्र पराजुली, कार्यक्रम संयोजक राजाराम शाही त्यसैगरी प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेल,जनसम्पर्क समिति कतारका महामन्त्री महमद अजिज अलि,जन प्रगतिशील मंच कतारका मोहन कार्की,तराइ मधेश प्रवासी मंच कतारका अध्यक्ष हुसेन खान,बिबेकशील नेपाली दल कतारका तिर्थ कार्की,बिबेकशील साझा कतारका अध्यक्ष सन्तोष केसी,पत्रकार महासंघ साखा कतारका अध्यक्ष करिम बक्स मिया,दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार,परियार मित्रता समाज कतारका अध्यक्ष पूर्ण बहादुर नेपाली ,कतारी नागरिक महमद अल दोसरी, समाज सेवी हरु सुमन नेपाली,प्रभात भुजेल,भरत परियार,प्रेम परियार अहमद मिया,बिनय मिश्र,समाज सेबि तथा बुद्धिजीवी राघब राज भणडारि साहित्कार सागर बिभोर भणडारि,कृष्ण परियार,लगायत कलाकार हरु र नयाँ शक्ति सदस्य हरु करिब २०० जनाको बाक्लो उपस्थिति रहेको थियो ।
संगठनका उपाध्यक्ष सागर अधिकारिको स्वागत मन्तब्य बाट सुरु भयको उक्त कार्यक्रको संचालन संगठनका महासचिब मान बहादुर डाँगीले गरेका थिय भने सास्कृतिक कार्यक्रमको संचालन प्रबक्ता सन्तोष तिमिल्सिनाले गरेका थिय ।
कार्यक्रमा बोल्दै विभिन्न बैचारिक संगठनहरुबाट प्रतिनिधित्व गरेर आयका प्रतिनिधि हरुले अन्तरास्ट्रिय नेपाली समाज कतारले गरेका विभिन्न सामाजिक काम हरुको खुलेर प्रसंसा गरे ।
कार्यक्राममा नौमती पन्चे बाजाको साथमा विभिन्न सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम हरुको आयोजना गरियको थियो पन्चेबाजाको साथमा  स्थानिय कलाकार रोसन लामिछाने र सन्ज्री बर्देयवाले अति नै मिठो लोकदोरी गित गाएर सबै उपस्थित हरुलाइ नचाउनु सफल रहे
थियो परियार मित्रता समाज कतारको सहयोगमा पन्चेबाजा ब्याबस्थापन गरियको आयोजकले जानकारी दियको छ। कार्यक्रमको अवसर पारी नयाँ शक्ति पार्टीले मात्र देशमा सम्वृद्धि ल्याउने बिस्वास्का साथ् शारिमान खड्का,शुरेश पास्वान,नागेश्वर पास्वान,दिलिप कुमार सदा लगायतका युवा हरु नयाँ शक्ति पार्टी प्रबेस गरेका थिय ।
नव प्रबेसी हरु लाई कार्यक्रमका शभापति देव परियार प्रमुख अतिथि शिवराज भट्टराइ लगायत अन्य अतिथि हरु ले स्वागत गरेका थिय । कार्यक्रममा बोल्दै प्रमुख अथिति भट्टराइ ले संगठनले स्थापना कालदेखि परिकल्पना गरेको बनभोज कार्यक्रम सफल पारेको बन्दै अभियन्ता साथी हरु लाई धन्यबाद दियका थिय ।
अन्त्यमा:कार्यक्रमका सभापति तथा संगठनका अध्यक्ष देब परियारले अन्तरास्ट्रिय नेपाली समाज कतार एउटा राजनीतिक दलको भात्री संगठन भयतापनि यसले राजनीतिकका साथसाथै विभिन्न सामाजिक क्र्रियाकलाप हरु पनि गर्ने बताए , गत हप्ता नेपालको बारा र पर्सामा आयको विनासकारी हुरीका कारण ठुलो जनधनको क्षेति भयकोमा दुख ब्यक्त गर्दै संगठनले पार्टी केन्द्र मार्फत “राहत” स्वरुप नेपाली रुपिया ५१००० ( एकाउन्न हजार ) सहयोग गरेको जानकारी गराउदै सरकारले उचित राहत दिनु पर्नेमा जोड दिए भने उपस्थित सबै लाई धन्यबाद का साथै नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

Back to top button
Close