सौरपानीमा ९९६ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराए

सलिना गुरूङ

गाेरखा, चैत१८

बारपाक सुलिकोट ३ स्वाँराको माझथर माविमा भएको २दिने स्वास्थ्य शिविरमा स्वाँरा र सौरपानीका करिब 996 जनाले स्वास्थ्य परिक्षण गरेको छ।कर्म फ्लाइट फाउन्डेसन नेपाल पोखराको प्रमूख आयोजना तथा बारपाक सुलिकोट गाँउपालिका बडा नम्बर ३,लायन्स क्वल अफ पोखरा स्काइ टाउन,स्वाँरा स्वास्थ्य चौकीको सहआयोजना तथा माझथर माविको प्रबिधि सहयोगमा उक्त शिविर भएको हो। उक्त शिविरमा हाड जोर्नी तथा नशा रोगको उपचार , महिला तथा प्रसुती रोगको उपचार,सामान्य चिकित्सा तथा बाल रोगको उपचार,प्रयोगशाला दिसा, पिसाब, रगत जाँच,सामान्य घाउ खटिरा चिरफार तथा अन्य स्वास्थ्य सेवा सुबिधा,परिवार नियोजन सम्बन्धि सेवा र सल्लाह,आयुसिडी तथा इम्प्लान्ट सेवा उपलब्ध तथा बिशेष परामर्श दाताहरूबाट बिशेष स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।

Back to top button