‘तुलसी स्मृति  पत्रकारिता पुरस्कार’ बाट अनुपमा खनाल पुरस्कृत

.गोरखा ः नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको  अवसरमा गोरखा शाखाका संस्थापकहरु सम्मानित भएका         छन्  ।
पत्रकार महासंघ गोरखा शाखा स्थापनाको क्रममा रहेका तर हाल क्रियाशिल पत्रकारितामा नरहेका दश जनालाई शाखाले कदर     पत्रद्धारा सम्मान गरेको हो । सम्मानित हुनेमा रुद्रनाथ पोखरेल, पवनरमण खनाल, एकदेव     अधिकारी, गोवद्र्धन आचार्य, कल्पना ढकाल, अनन्त भट्टराई, शिशुबाबु प्रधान, स्थानेश्वर दावडी,  ताराबहादुर बानियाँ र पुरुषोत्तम ढकाल रहेका छन् । दिवसमां आयोजित तुलसी स्मृति   पत्रकारिता पुरस्कार वितरण सम्मान एवं स्थानीय सरकार र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उनीहरुलाइ सम्मान गरिएको हो । कार्यक्रमकै  अवसरमा पत्रकार अनुपमा खनाललाइ ‘तुलसी स्मृति  पत्रकारित पुरस्कार’ प्रदान गरिएको छ । खनाललाइ नगद दश हजार सहित दोसल्ला र सम्मानपत्र प्रदान   गरिएको शाखा अध्यक्ष किशोरजंग थापाले बताए ।
तुलसी स्मृती प्रतिष्ठानले जिल्ला शाखामा स्थापना गरेको एक लाख रुपैयाँ राशीको अक्षयकोषबाट हरेक वर्ष जिल्लामा क्रियाशिल एक जना पत्रकारलाइ पुरस्कार प्रदान गरिदै आएको छ । पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष राजेश मिश्र, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सम्मानित संस्थापक मध्यका गोवद्र्धन आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा पत्रकार किरण लोहनीले मिडिया र स्थानीय सरकार बिचको भूमिका, संचार माध्यमले गर्न सक्ने काम, स्थानीय सरकारले उपयोग गर्ने आधार लगायतका बारेमा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Back to top button