पालुङटारमा अबैध रुपमा बिक्रि बितरण गरिँदै आएको मदिरा जफत

पालुङटार नगरपालिकाले अबैध रुपमा बिक्रि बितरण गरिँदै आएको मदिरा जफत गरेको छ । नगरपालिकाले अबैध रुपमा बिक्रि बितरण गरिँदै आएको दश हजार बराबरको मदिरा जफत गरेको हो । नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका किनारा पसल र खाध्यान्न पसलहरुमा मदिरा बिक्रित्रितरणमा रोक लगाउने उद्देश्यको साथ बजार अनुगमनको क्रममा मदिरा जफत गरेको जनाएको छ । नगरपालिकाले स्वास्थ्य तथा सरसफाइ ऐन,२०७५ले विक्री वितरण गर्न नपाउने व्यवस्था गरेकोले नगरपालिका क्षेत्रभित्र रहेका किराना पसल तथा खाद्यान्न पसलहरुमा मदिराजन्य तथा सूर्तिजन्य पदार्थहरु विक्री वितरणमा रोक लाउने उद्धेश्यका साथ प्रथम पटक अनुगमन भएको क्षेत्रमा जनचेतनामूलक र जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको क्षेत्रबाट मदिराजन्य पदार्थ बरामत गरेको पालुङटार नगरपालिकाका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिनुभएको छ । अधिकृत रोकाका अनुसार अनुगमनको क्रममा व्यवसाय दर्ता गर्नको लागि जनचेतना जगाउने, दर्ताको लागि आवश्यक कागजातहरुको बारेमा जानकारी गराउने साथै नगरपालिका क्षेत्रमा घरेलु रक्सी उत्पादन तथा वितरणमा रोक लगाउने र म्याद नाघेका सामग्रीहरु विक्री वितरण बन्द गराउन सु–सुचित गराउने कार्य भएको छ । पालुङटार नगरपालिकाले घरेलु हिंसाका क्रियाकलाप बन्द गराउने उद्देस्य समेत लिईएर अनुगमनको काम सञ्चालन गरेको अधिकृत रोकाको भनाई छ । ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीको सहयोगमा गरिएको अनुगमनका क्रममा नगपालिकाले पसलमा बिक्रिबितरणका लागि राखेको घरेलु मदिरालाई समेत नस्ट गरेको छ । सोहि अबसरमा नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण पसलहरुमा अनुगमनको कार्यलाई तिब्रता दिईने जनाएको छ ।
सम्पूर्ण क्षेत्रमा अनुगमन कार्यलाई तिब्रता दिइएको छ । सरकारी निकायले चाडबाडको बेलामा मात्र अनुगन गर्दै आए पनि पालुङटार नगपालिकामा भने अबैध रुपमा बिक्रि वितरण हुँदै आएको मदिरा बेचबिखनमा रोक लगाउने उद्देश्यका साथ अनुगमनको कामलाई तिब्रता दिईएको पालुङटार नगरपालिकाले जनाएको छ ।

Back to top button