पालुङटार ७ काे सामाजिक सुरक्षा भत्ता १२ र १३ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे सामाजिक सुरक्षा भत्ता चैत्र १२ र १३ गते वितरण गरिने भएकाे छ ।

वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार साविक च्याङली गा.वि.स.काे वडा नं. ४, ७ र ८ काे लागि १२ गते मंगलबारका दिन बितरण गरिने र साविक ५, ६ र ९ नं. वडाका लागी १३ गते वितरण गरिने छ । तर ताेकिएकै दिनमा पुग्न नसके पनि कुनै चिन्ता लिनुनपर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयाे । ताेकिएकाे दिनमा जान नभ्याउनेहरूले भने बैंकबाट जहिले सुकै पनि भत्ता लिन सक्नेछन् ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नकाे लागी डुम्रे स्थित अाेम डेभलपमेन्ट बैंकमा जानुपर्नेछ । यस वडाकाे सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूकाे खाता बैंकले गाउँ गाउँमा पुगेर खाेलिदिएकाे थियाे । यस वडामा जनघनत्व बढी भएतापनि बैंक स्थापना हुन नसक्दा स्थानीयहरू तथा भत्ता लिने असहायहरूका लागी समेत कठिन बनेकाे छ ।

देशमा संघीयता कार्यान्वयनमा अाइसकेकाे भएतापनि यस नगरपालिकामा बैंककाे एउटा पनि शाखा नहुँने तर नगरपालिका केन्द्र वरपर बैंकका शाखाहरू थपिएकाे थपिएै हुँदा समेत जनप्रतिनिधीहरूले त्यसतर्फ ध्यान दिन नसक्दा स्थानीयहरूले संघीयताकाे अाभास गर्न नसकेकाे जानकारहरू बताउँछन् ।

Back to top button