आँबुखैरेनी गाउँपालिकाद्धारा लोक सेवा परिक्षाको तयारी कक्षा संचालन

गाेसंसं, तनहुँ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले लोक सेवा आयोगले लिने परीक्षाको लागि आईतबार देखि तयारी कक्षा सञ्चालन सुरु गरेको छ । गाउँपालिका भित्र रहेका युवाहरुलाई सरकारी सेवा प्रवेषमा सहज गराउनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत बजेट निती तथा कार्यक्रम मार्फत कक्षा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले सञ्चालन सुरु गरेको तयारी कक्षामा लोक सेवा आयोगले लिने रा.प.अनं. द्धितिय, खरिदार तह पदको परिक्षाको लागि कक्षा संचालन गरेको छ । उक्त तयारी कक्षाको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले समुद्घाटन गर्नुभएको छ । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अन्य जिल्ला भन्दा तनहुँ जिल्लाबाट लोक सेवा आयोगको परिक्षामा कम सहभागिता हुनुका साथै सहभागीहरु पनि कम उतीर्ण हुने देखिएकोले यस प्रति आकर्षण बढाउन पनि गाउँपालिकाले यो कार्यक्रमको सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो । यो कार्यक्रमले सरकारी सेवा प्रवेषमा लोक सेवा आयोगको परीक्षामा युवाहरुको आकर्षण बढाउनुका साथै सहभागीहरु निजामती सेवा प्रवेशमा सफल हुन सक्ने अपेक्षा लिएका छौं उहाँले भन्नुभयो । तयारी कक्षामा आँबुखैरेनी गाउँपालिका भित्रका ३६ जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएका छन् । आजदेखि सुरु तयारी कक्षा ३० दिनसम्म चल्नेछ । समुद्घाटन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले गर्नु भएको थियो ।

Back to top button
Skip Add