

चैत्र ९, गाेरखा ।
हाेलि खेलेर पाैडि खेल्न जाँदा नदीमा डुबेर बेपत्ता भएका बालककाे लास अाजसम्म पनि फेला पार्न नसक्दा परिवारमा पिडा थपिएकाे छ। गाेरखाकाे पालुङटार वडा नं ६ च्याङली का अर्जुन गुरूङका ११ बर्षीय छाेरा चित्र बहादुर गुरूङलाइ नदीले बगाएर बेपत्ता भएका हुन । हाेली खेलेर मर्स्याङदी नदीमा पाैडि खेल्ने क्रममा बगाएको संगै गएका साथीहरूले बताएकाे तेज बहादुर गुरूङ (काजी) ले जानकारी दिनुभयाे । संगै गएका २ बालकहरू भने फर्केर घर अाएका थिए ।
मर्र्स्याङदीमा उनीहरूले पाैडी खेलेकाे वरपर नदीमा खाेज्दा अाजसम्म पनि लास पाउन सकिएकाे छैन् । घटना घटेकाे थाहा पाए लगत्तै स्थानीय तथा प्रहरीकाे सक्रियतामा खाेजी भइरहे पनि लास नपाएपछि अाज शसस्त्र प्रहरी बल कुरिन्टारबाट गाेताखाेर समेत झिकाइ खाेजी गरिएकाे थियाे तर पनि लास भेटन सकिएकाे छैन् । खाेजीमा संलग्न गाेताखाेरका अनुसार खाेजी गर्दै गर्दा पानीकाे बहाव बढ्दै गएकाले अलि कठिन भएकाे र भाेली पानीकाे बहाव कम हुने समयमा फेरी प्रयास गर्ने बताएका छन् ।