पालुङटार नगरपालिकाले कक्षा ११ र १२ को ल्याकत परीक्षा सञ्चालन गर्दै

रविन्द्र कंडेल
गोरखा, ८ चैत्र ।
गोरखाको पालुङ्टार नगरपालिकाले चैत्र १४ गतेदेखि कक्षा ११ र १२ को ल्याकत परीक्षा लिने भएको छ । कक्षा ११, १२ का शिक्षकहरुको संगठन हिस्टुनको पहलमा नगर शिक्षा कार्यालयले परीक्षा सञ्चालन गर्न लागेको हिस्टुन पालुङ्टारका अध्यक्ष सुदिप खडकाले बताउनुभयो ।
कक्षा ११ र १२ को परीक्षा तालिका हालै सार्वजनिक गरी नगर शिक्षा कार्यालयले परीक्षा सञ्चालनको तयारी थालेको छ । यसअघि यस तहको परीक्षामा एकरुपता नभएपनि स्थानीय सरकारको मातहतमा आएपछि यसलाई व्यवस्थापन गरिनुपर्दछ, त्यसैले हिस्टुनको मागअनुसार हामीले पनि परिक्षाप्रति सकारात्मक धारणा बनाएको हौं भन्नुहुन्छ नगर शिक्षा अधिकारी महेन्द्र पराजुली ।
यस नगरपालिकाभरिमा कक्षा ११ र १२ सञ्चालन भएका ७ विद्यालयहरु रहेका छन भने साढे पाँच सय काे हाराहारीमा विद्यार्थीहरु विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा अध्ययनरत रहेका छन् ।

Back to top button