

रविन्द्र कंंडेेल
चैत ७, गाेरखा ।
पालुङटार ९ भाेर्लेमा रहेकाे एक बाख्रा फर्ममा रहेका कुकुरहरूले अाक्रमण गर्दा एक चितुवाकाे मृत्युु भएको छ ।
स्थानीय फुचुङ लामा काे बाख्रा फर्ममा अाज बिहान करीब ५ बजेतिर चितुवा अाई फार्ममा रहेकाे सानाे कुकुरलाई लिएर गएपछि अरू कुकुरहरूले लखेटदै नजिक काे खाेल्सामा पुगी प्रत्याक्रमण गर्दा चितुवाको मृत्युु भएकाे घटना प्रकृति अनुसार देखिने वडाध्यक्ष भेजराज पाण्डेले बताउनुभयो ।
तीन कुकुरहरू मध्ये २ कुकुर भने गम्भीर घाइते भएकाा छन् ।
घटना प्रकृति र स्थानीय काे भनाइ अनुसार बिहान काे समयमा १ घण्टा भन्दा बढि कुकुरहरू र चितुवाबीच भिडन्त भएको हुनसक्ने अनुमान छ ।