

रविन्द्र कंडेल
गोरखा, ६ चैत्र ।
गोरखाको पालुङ्टार ८ धुवाँकोटमा ६ गतेका दिन एक दिवशीय योग तथा ध्यान शिविर सम्पन्न भएको छ । धुवाँकोटको दुवार टोलविकास संस्थाको आयोजनामा दुभारकाे ठूलाेचाैरमा सञ्चालित याेग शिविरमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेललेे याेग शिविर व्यवस्थित रूपमा सञ्चालन गर्नकाे लागी वडाबाट अागामी बर्षमा याेजनासहित अघि बढने बताउनुभयाे ।
कार्यक्रममा पालुङटार वडा नं. ७ र ८ का गरी सयाैंकाे संख्यामा उपस्थिति रहेकाे थियाे ।
यसरी सञ्चालन गरिने कार्यक्रम मानव जीवन लाई व्यवस्थित रुपमा सफल बनाउन फलदायी हुने विश्वास लिइएको योग साधक सुवास थापाले बताउनुभयो ।