पालुङटार मेयर कपकाे उपाधि गाेरखाकाे पाेल्टामा

रविन्द्र कंडेल,

चैत्र ६, गाेरखा ।

पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय प्रथम लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता २०७५ को फाइनलमा गोरखा र गैडाकोट नगरपालिकाबिच भएको प्रतिस्पर्धामा २ – ० गाेल अन्तरले गाेरखा नगरपालिका विजयी बनेकाे छ । पालुङटार हवाईग्राउण्डमा सोमबार भएको खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३ –० गोल अन्तरले पराजित गर्दै गोरखा नगरपालिका फाइनलमा पुगेको थियाे । त्यस्तै गरी गैडाकोट नगरपालिका नवलपुरले पुतलीबजार नगरपालिका स्याङजालाई २ –१ गोल अन्तरले हराउँदै फाइनल पुगेकेा गैंडाकाेटले उपविजेतामा चित्त बुझाएकाे छ । अज भएकाे  खेलमा दाेश्राे हाफकाे अन्तिम समयमा अाएर गाेरखाका जर्सी नं. ५ का विकास गुरूङले गाेल गरेका थिए भने त्यसकाे लगत्तै जर्सी नं ६ का जमिर मास्केले अर्काे गाेल थपेर बिजय यात्रा पक्का गरेकेा थियाे । उता गैंडाकाेट नगरपालिकाकाे टिमले भने पटक पटककाे माैकालाइ सदुपयाेग गर्न नसक्दा उपविजेतामै सिमित बन्नुपरेकेा थियाे । 

 प्रतियोगिताको विजेता गाेरखाले नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ का साथमा ट्रफि तथा मेडल र उपविजेता गैंडाकाेटले नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा  मेडल र प्रमाण पत्र  प्राप्त गरेका छन् । त्यस्तै गरी  सेमिफाईनलमा पुगेका  देवचुली नगरपालिका, नवलपुर र पुतलीबजार नगरपालिका, स्याङजाले नगद ५४ हजार ३२१ रुपैयाँ  पाएका छन् ।

खेलअवधीभरमा सर्वाधिक गाेलकर्ता गाेरखाका जमिर मास्के, उत्कृष्ट गाेलकिपर गाेरखाकै सिजन थापा मगर,  उत्कृष्ट मध्यपक्ति गैंडाकाेटका रेशम दर्लामी मगर, उत्कृष्ट रक्षक गैंडाकेाटकै प्रविण गुरूङ, उत्कृष्ट स्टाइकर गाेरखाका विकास गुरूङ ले  जनही नौ हजार आठ सय ७६ रुपैयाँ पाएका छन भने उत्कृष्ट खेलाडी गाेरखाका विवेक गुरूङले नगद रू. १२३४५ प्राप्त गरेका छन् ।  पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी थिए ।

फागुन २६ गतेदेखि सञ्चालन भएकेा अाजकाे समापन समाराेहमा राष्टिय सभाका बिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले प्रमुख अतिथिकाे रूपमा बाेल्दै लिगलिगकाेटकाे इतिहासलाइ पालुङटारमा मात्र नभइ बिश्वभर चिनाउन लाग्नुपर्ने बताउनुभयाे । पालुङटार नगरपालिकाका नगर प्रमुख इ. दिपक बाबु कंडेलकाे सभापतित्वमा सम्पन्न साे समापन समारेाहमा नगर उपप्रमुख पम्फा बसेलले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । जसमा गैंडाकाेट नगरपालिकाका नगरप्रमुख छत्रराज पाैडेलले शुभकामना मन्तव्य राख्नुभएकेा थियाे भने खेल संयाेजक बसन्त कुमार श्रेष्ठले खेलअवधिभर सहयाेग गर्नेहरूलाइ धन्यवाद ज्ञापन गर्नुभएकेा थियाे ।

Back to top button