लिगलिग लोक चौतारी” को दोस्रो घम्साघम्सी सुटिग बाह्रपिर्के पण्डितटारमा

“लिगलिग लोक चौतारी” को दोस्रो घम्साघम्सी सुटिग बाह्रपिर्के पण्डितटारमा तनहुं टेलिभिजनबाट प्रसारण ” स्थानिय कलाकार मन्च पालुङ्गटार नगरपालिका गोरखाले आफ्नो कला र संस्कुतिको जगेर्ना गरौ भन्ने उदेश्यले कार्यक्रम ‘लिगलिग लोक चौतारी’ को दोस्रो सुटिङ बाह्रपिर्के पण्डितटार पा.न.पा ४ मा सम्पन्न गरेको छ पण्डितटार आमा समुह र विशेष रबिन्द्र वयल्कोटीको सहयोगमा तनहु टेलिभिजनमा साप्ताहिक रुपमा प्रसार हुदै छ | “एेतिहासिक लिगलिगको पहिचान , कला र संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका साथ अघि बढाईएको कार्यक्रमले स्थानियमा रहेको कला र गला वाहिर ल्याई सबै माक्समा चिनाऊन लागिएको अध्यक्ष पवन श्री परियार (तेर्सो गोरखा तारा) ले जानकारी दिनुभयो | उक्त कार्यक्रममा प्रमुख अतिथी पालुङ्गटार नगरपालिका-०४, का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट रहनु भएको र विशिष्ट अतिथी रविन्द्र वयल्कोटी रहनु भएको थियो | पहिलो घम्साघम्सी लिगलिगकोटमा गरिएको थियो | भन्ने दोस्रो घम्साघम्सीमा गोरखा पालुङ्गटारका चर्चित लोक दोहोरी गायक दिपेन्द्र मल्ल ठकुरी र तनहुं बाईसजगरकी गायिका लक्ष्मी वि.क. बिच घम्साधम्सी भएको थियो त्यस्तै गरि अन्य घम्साघम्सीहरु क्रमश अशोक गान्धर्व Vs पण्डितटार आमा समुह , कुष्ण गान्धर्व Vs पार्वती परियार ,प्रेम सुनार Vs लक्ष्मी वि.कको रहेको थियो | कार्यक्रम संयोजक राज कु़.श्रेष्ठ छायांकन/सम्पादन केशर श्रेष्ठ निर्देशक अमृत कु श्रेष्ठले गर्नु भएको र क्रमश मादलमा पवन श्री परियार हार्मोनियममा दिपेन्द्र मल्ल ठकुरी सारङ्गीमा कुष्ण गान्धर्व रहनु भएको र कार्यक्रम प्रस्तोता कविराज ढकाल रहनु भएको थियो | यो क्रार्यक्रम कस्तो लाग्छ यहाको सकारात्मक र रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दछौ स्थानिय कलाकार मन्च पालुङ्गटार गोरखा जय गित जय संगित जय लिगलिग

Back to top button