मेयर प्रभा बरालको संयोजकत्वमा नेपाल नगरपालिका संघ महिला विभाग गठन, पालुङटारकी उपप्रमुख बसेल सदस्यमा मनाेनित

१चैत्र, गोरखा ।

गोरखाको  पालुङटार नगरपालिकाकी उप प्रमुख पम्फा बसेल  नेपाल नगरपालिका संघ, महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनुभएकाे छ  ।

२६ औ नगरपालिका संघ दिवसको अबसरमा बुधबार काठमाण्डौ मल्ल हाेटलमा आयोजित कार्यक्रममा महिला विभागका सदस्यहरुलाई  सपथग्रण सहित   जिम्मेवारी दिईएको हाे।

राप्ती नगरपालिकाकी मेयर प्रभा बरालको संयोजकत्वमा गठन भएको विभागमा बसेल सहित कुस्मा नगरपालिका की उपमेयर सीता काफ्ले लामीछाने गण्डकी प्रदेशबाट विभागमा प्रतिनिधित्व गरेका छन्। जसकाे उपसंयाेजकमा हरेशी तुवाचुङ नगरपालिकाकि बिमला राइ रहनुभएकाे छ भने अन्य सदस्यहरूमा विरेन्द्र नगर नगरपालिकाकी माेहनमाया भण्डारी,गाैरीगंगा नगरपालिकाकी अञ्चला चाैधरी,शंखरापुर नगरपालिकाकी शुक्र लक्ष्मी श्रेष्ठ, बाग्मती नगरपालिकाकी लाेलाकुमारी माेक्तान, कृष्णनगर नगरपालिकाकी सवनम खातुन, व्यास नगरपालिकाकी मिरा जाेशी, रामेछाप नगरपालिकाकी सृजना खडका, भीमदत्त नगरपालिकाकी शुशीला चन्द, प्युठान नगरपालिकाकी शान्ता शर्मा अाचार्य, कमला नगरपालिकाकी शिलादेवी मण्डल, हनुमान नगर कंकाल्नीकी सरितादेवी यादव र पाेखरिया नगरपालिकाकी सलमा खातुन रहेका छन् ।

पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंल यसअघि नै नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा मनाेनित भइसक्नुभएकाे छ ।

Back to top button