लिगलिग पालुङटार मेयर कपमा भाेलीदेिख क्वाटर फाइनलका खेल हुने

गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा तनहुँको भानु नगरपालिका विजयी भएको छ । भानुले कास्कीको पोखरामहानगर पालिकालाई २,० ले हराएको छ । प्रतियोगितामा भानुका जर्सी नम्बर ० का गोलकिपर सरोज तामाङ म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा गोरखाको गोरखा नगरपालिका विजयी भएको छ । गोरखाले स्याङ्जाकाे  चापाकोटलाई २ , ० ले हराएको छ । प्रतियोगितामा गोरखाका जर्सी नम्बर ७ का अनिल जि टी म्यान अफ द म्याच घोषित भएका छन् ।
भोली क्वाटर फाईनलको पहिलो खेलमा पालुङटार बी र गौडाकोट बीच भिडन्त हुने छ । यस्तै दोस्रो खेल भने पालुङटार ए र देवचुलीबीच हुने सदस्य सचिव किरण गिरिले  जानकारी दिनुभयो ।

Back to top button