पालुङटारमा जारी मेयर कपमा अाजकाे खेलबाट भानु र गाेरखा क्वाटर फाइनल प्रवेश

फागुन २९

प्रथम लिगलिग पालुङटार मेयर कप २०७५ अन्तर्गत २९ गते भएकाे पहिलो खेलमा भानु नगरपालिका, तनहुँ ५ -२ गाेल अन्तरले बिजयी बनेकाे छ । त्यस्तै गरी  दोस्रो खेलमा कुश्मा नगरपालिका अनुपस्थित भएपछि गाेरखा नगरपालिका लाइ विजयी घाेषणा गरिएकाे मेयर कप का संयोजक एवं वडा नं.७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार ३० गते व्यास नगपालिका र गैंडाकाेट नगरपालिका बिच खेल हुनेछ ।
पालुङ््टारको हवाइग्राउण्डमा सञ्चालन भइरहेको मेयर कपको फाइनल खेल चैत्र ६ गते हुनेछ । जसमा प्रथम हुनेका लागी २ लाख ३४ हजार ५६७ रहेको छ भने द्धितीय हुनेका लागी १ लाख २३ हजार ४५६ रहेको छ भने खेलमा उत्कृष्ट खेलाडीका लागी १२ हजार ३ सय ४५ सर्वोत्कृष्ट गोलकर्ताका, उत्कृष्ट खेलाडी, उत्कृष्ट मध्यपंक्ति, उत्कृष्ट रक्षकका लागी ९ हजार ८ सय ७६ पुरस्कार तथा प्रमाण पत्र रहेको छ । सेमीफाइनल पुग्ने २ टिमले समेत ५४ हजार ३ सय २१ रुयैयाँ प्राप्त गर्नेछन्् ।
खेल पर्यटनमार्फत पालुङ््टारलाई विश्वभर चिनाउने र यसको विकासका लागी सहकार्य गर्ने उद्धेश्यका साथ खेलको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

Back to top button