अाजकाे खेलमा देवचुली बिजयी, गण्डकी सिधै क्वाटरफाइनलमा

  1. फागुन २८

प्रथम लिगलिग पालुङटार मेयर कप २०७५ अन्तर्गत २८ गते भएकाे पहिलो खेल देवचुली नगरपालिका नवलपरासी र शुक्लागण्डकी नगरपालिका तनहुँ बिच भएकाे थियाे जसमा  देवचुली नगरपालिका २ -१ गाेल अन्तरले बिजयी बनेकाेे छ । त्यस्तै गरी  दोस्रो खेल गल्याङ नगरपालिका स्याङजा र गण्डकी गाउँपालिका गोरखा बिच हुने तालिका थियाे तर गल्याङ अनुपस्थित भएपछि गण्डकी गाउँपालिका गाेरखा लाइ विजयी घाेषणा गरिएकाे मेयर कप का संयोजक एवं वडा नं.७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार २९ गते पहिलो खेल भानु नगरपालिका तनहुँ र बारपाक सुलिकोट गाउँपालिका बिच हुनेछ भने दोस्रो खेल कुश्मा नगरपालिका पर्वत र गोरखा नगपालिका बिच हुनेछ ।
पालुङ््टारको हवाइग्राउण्डमा सञ्चालन भइरहेको मेयर कपको फाइनल खेल चैत्र ६ गते हुनेछ । जसमा प्रथम हुनेका लागी २ लाख ३४ हजार ५६७ रहेको छ भने द्धितीय हुनेका लागी १ लाख २३ हजार ४५६ रहेको छ भने खेलमा उत्कृष्ट खेलाडीका लागी १२ हजार ३ सय ४५ सर्वोत्कृष्ट गोलकर्ताका, उत्कृष्ट खेलाडी, उत्कृष्ट मध्यपंक्ति, उत्कृष्ट रक्षकका लागी ९ हजार ८ सय ७६ पुरस्कार तथा प्रमाण पत्र रहेको छ । सेमीफाइनल पुग्ने २ टिमले समेत ५४ हजार ३ सय २१ रुयैयाँ प्राप्त गर्नेछन्् ।
खेल पर्यटनमार्फत पालुङ््टारलाई विश्वभर चिनाउने र यसको विकासका लागी सहकार्य गर्ने उद्धेश्यका साथ खेलको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

Back to top button
Skip Add