लिगलिग पालुङटार मेयर कप शुरू, बाग्लुङ B लाई पालुङटार B ले हरायो

गोरखा,२६फागुन ।

गण्डकी प्रदेश स्तरीय प्रथम लिगगिल पालुङटार मेयर कप फुटबल प्रतियोगिता आइतवार देखि पालुङटारमा शुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे ।

पालुङटा बि र बाग्लुङ नगरपालिका बीच भएको उद्घाटन खेलमा ट्राइबेकरमा ४–२ गोलले पालुङटारले जितेको छ । सोमवार पहिलो खेल पालुङटार ए र राइनास नगरपालिका बीच हुदैछ । त्यस्तै दोस्रो खेल पुतलीबजार नगरपालिका स्याङजा र बेशिशहर नगरपालिलमजुङ का बीच हुने आयोजकले जनाएको छ । गोरखामा आयोजना भएको अहिले सम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको यो प्रतियोगितमा प्रदेशभरीका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगितामा उपाधि विजेता टिमले २ लाख ३४ हजार ५ सय ६७, दोस्रो हुनेले १ लाख २३ हजार ४ सय ५६, सेमिफाइनलिष्ट दुई टिमले ५४ हजार ३ सय २१ रुपियाँ नगद पुरस्कार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिता चैत ६ गते सम्म चल्नेछ ।

Back to top button