पत्रकार ऋषि धमला चढेको कार दुर्घटना

काठमाडौं / रिपोर्टर्स क्लब नेपाल र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा परेको छ। रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा उनकाे कार लैनचौरमा दुर्घटनामा परेकाे हाे। आइतबार बिहान करिब पौने ६ बजे विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई धमलाको कारमा ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना र कारचालक घाइते भएका छन्।

कारचालक नारायण गौतमको हातमा चोट लागेको छ भने मोटरसाइकलमा सवार तीनैजनाको खुट्टामा चोट लागेको छ। पत्रकार धमलाको अवस्था सामान्य रहेको पत्रकार प्रेम थापाले जानकारी दिए। दुर्घटनामा परेको मोटरसाइकलमा क्षति पुगेको छ।

Back to top button
Close