अमेरिकामा बस्ने नेपालीले तारा माविलाई कम्प्युटर दिए

समिर जोशी, फागुन २५

अमेरिकामा रहेका नेपालीहरुले गोरखा नगरपालिका १० को तारा माध्यामिक विद्यालयलाई सात थान कम्प्युटर सहयोग गरेका छन् ।
अमेरिकाको विस्कान्सिन स्टेटमा रहेका नेपालीहरुको साझा संस्था मिल्वाकी नेपाली परिवारको आर्थिक सहयोगमा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।
परिवारको तर्फवाट रमेश विष्टले विद्यालयका प्रधानाध्यापक बाबुराम विक र वडा सदस्य जुनुमाया श्रेष्ठलाई संयुक्त रुपमा कम्प्युटर हस्तान्तरण गरे ।
भुकम्प प्रभावित गोरखाको ३ विद्यालयलाई सहयोग गर्ने लक्ष्य अनुसार उनिहरुले कम्प्युटर उपलब्ध गराएका हुन् ।
आगामी हप्ता थप दुई विद्यालयलाई कम्प्युटर सहयोग गर्ने मिल्वाकी परिवारका प्रतिनिधि विष्टले जानाकारी दिए ।

Back to top button