अाज देशैभरका सामुदायिक विद्यालयहरू वन्द, गाेरखाका विद्यालयहरू पनि पूर्ण रूपमा बन्द

गाेरखा : राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार गाेरखाका सामुदायिक विद्यालय बन्द गरेका छन्। राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा पठनपाठन बन्द गरेका हुन्। शिक्षकको आन्दोलनका कारण मंगलबार बिहानैदेखि गाेरखाका सामुदायिक विद्यालय पूर्णरुपमा बन्द भएका छन्। बन्द सफल बनाउन जिल्लामा रहेका सबै सामुदायिक विद्यालय, बन्द गरी सरकारकाे कदमकाे विराेध गर्न शिक्षक महासंघ गाेरखाका अध्यक्ष ध्रुव कुमार भट्टले विज्ञप्ति मार्फत अनुराेध गर्नुभएकाे छ । गाेरखा जिल्लामा सयाैंकाे संख्यामा  राहत तथा  बाल विकास केन्द्रमा कार्यरत शिक्षक छन्। गत असोज २२ मा राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकसँग भएको सम्झौता कार्यान्वयनमा नल्याएपछि आफूहरू आन्दोलनमा गर्न बाध्य हुनु परेको संघर्षरत शिक्षकहरूले बताएका छन् । उनीहरूले संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

Back to top button