कृषि उज्ववल सहकारी संस्थाको छैटौं साधारण सभा सम्पन्न, अध्यक्षमा ३ मतको अन्तरले मान बहादुर थापा बिजयी

रविन्द्र कंडेल, फागुन १९, गाेरखा ।
पालुङटार नगरपालिका वडा नं.७ मा रहेको कृषि उज्ववल कृषि सहकारी संस्था लि. को छैटौं बार्षिक साधारण सभाबाट मान बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा इन्दिरा कुमाल, सचिवमा इश्वर कुमार श्रेष्ठ, कोषाध्यक्षमा हित बहादुर थापा रहेका छन भने सदस्यहरुमा महेन्द्र कुमार श्रेष्ठ, सानु वि.क., देवी कुमाल, बाबु काजी श्रेष्ठ, हरि प्रसाद भट्ट, मिन बहादुर सार्की र भोज बहादुर राना मगर रहेका छन् । जसको लेखा समिति संयोजकमा कृष्णजी श्रेष्ठ रहनुभएको छ ।
निवर्तमान अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा बिरुवाटारमा सम्पन्न सभामा पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेल, स्थानीय भोजराज कंडेल, नेपाली कांग्रेसका विमल ढकाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
गत पौष २८ गते बसेको सहकारीको साधारण सभामा अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि स्थगित गरिएको सभालाई फागुन १८ गते पूर्णता दिइएको हो । अधिवक्ता सप्त कुमार श्रेष्ठको संयोजकत्वमा सरोज देवकोटा र नरजंग बाबु खत्री सहितको ३ सदस्यीय निर्वाचन मण्डलले निर्वाचन गराई अध्यक्ष पदको टुङ्गो लगाएको हो । कूल १४५ शेयर सदस्य रहेको सो सहकारीका १०८ जनाले अध्यक्ष पदका लागी गोप्य मतदान गरेका थिए । जसमा १ मत बदर भएको थियो भने अध्यक्ष पदका प्रत्यासी श्यामकृष्ण श्रेष्ठलाई ३ मतले पछि पार्दै मान बहादुर थापा ५५ मतका साथ बिजयी हुनुभएको हो । अध्यक्ष पदका लागी मात्र दुवै जनाबीच सहमत हुन नसकेपछि निर्वाचन प्रणालीमा गएको र बाँकी सवै पदहरुमा भने सर्वसम्मतीबाटै चयन गरिएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

Back to top button