
पालुङ्गटार नगरपालिकाका कलाकारहरु आज सम्मेलन भई एऊटा संस्था अौपचारिक रुपबाट स्थापना गरेका छन् “स्थानिय कलाकार मन्च पालुङ्गटार गोरखा” नामाकरण गरिएको सस्थाको अध्यक्ष गोरखाली गायक तेस्रो गोरखा तारा पवन श्री परियार निर्बिरोध हुनु भएको छ । जसकाे उपाध्यक्ष पदमा शब्दलेखक एवं सर्जक अमृत कुमार श्रेष्ठ हुनुभएको छ भने सचिव पदमा गोरखाली गायक कविराज ढकाल रहनु भएको छ । त्यस्तै गरि कोषाध्यक्ष पदमा गायिका सुनिता गिरी, सहसचिवमा किशान परियार र सदस्यहरुमा सुनिता केसी, रामजी परियार, अर्जुन परियार, प्रेम परियार, सोम नारायण जोशी, सरन क्षेत्री रहनु भएको छ । जसकेा सल्लाहकारमा क्यामेरा मेन केशर श्रेष्ठ र राज कुमार श्रेष्ठ रहनु भएको छ | आफ्नो कला र संस्कृतिको जगेर्ना गरौ भन्ने मुल उदेश्यले स्थापना गरिएको यस संस्था छिटै अौपचारिक रुपमा विभिन्न निकायमा दर्ता गर्ने जानकारी सचिव ढकालले दिनुभयो | यस सस्थाले छिटै आऊदो धम्साधम्सी दोहोरी गित को सुटिग गरि “लिगलिग लोक चौतारी” कार्यक्रम साप्ताहिक रुपमा संचालन गर्ने समितिका प्रदाधिकारीले जानकारी गराएका छन् । अागामी दिनमा यस क्षेत्रबाट निकै लाभ हुने पनि उनिहरुले जानकारी गराए |