दुर्घटनाले विक्षिप्त बनेको मन्त्री अधिकारी सहित सातै जनाको परिवारलाई प्रधानमन्त्री ओलीको सान्तवना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीका परिवार सहित अन्य ७ जनाको परिवारलाई भेटेका छन्।

बुबा इन्द्रप्रसाद अधिकारी, आमा लक्ष्मी अधिकारी र स्वर्गीय मन्त्री अधिकारीकी श्रीमती र छोराछोरीलाई भेट्न प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीहरु पनि पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए। आफ्न्तलाई भेटेर प्रधानमन्त्री ओली र मन्त्रीहरुले समवेदना प्रकट गरेका थिए।

अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित सिस्ने खोलामा बुधबार दुर्घटना भएको हो। मन्त्रिपरिषद्को आकस्मिक बैठक लगतै प्रधानमन्त्री र मन्त्रीहरु पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए।

Back to top button