
मिठाे सपना व्यर्थ किन देखाएर गयाै
कलम खाेसी भाग्य अाफैँ लेखाएर गयाै
चाेटले थिचेकाे लिलिपुटै सरि जीवन याे
एेँजेरू ती काँडाले पाे सेकाएर गयाै
सजाउँला संसार भन्थेँ तिमीसँगै रुझी
जिन्दगीका भाेकहरू मेटाएर गयाै
नजर कसले लगायाे र तिम्रा चयनमा
अाराेपका बाेझ ममा टेकाएर गयाै
हाँसिदिन्छु बाँचिदिन्छु फक्रिदिन्छु सदा
ठान्ने छैन लक्ष्य मेरा छेकाएर गयाै