‘हाम्रोे अमरज्योति हिजो हिरा अब मोती’ २९ वटा गुरूयाेजना तयार हेराैं के के छन त याेेजना

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बोर्डटप गरेको तथा प्रसिद्ध डाक्टर उपेन्द्र देवकोटाले पढेको भनेर चर्चित अमरज्योति जनता माविको शैक्षिक स्तरवृद्धिका लागि अभियान सुरु भएको छ ।
विद्यालय ब्यबस्थापन समिति र पुर्व विद्यार्थीको संस्था ‘साझा’ले संयुक्त रुपमा ‘अमरज्योति पुनउत्थान’ अभियान सुरु गरेका हुन् । ‘हाम्रोे अमरज्योति हिजो हिरा अब मोती’ भन्ने नाराका साथ २९ बुँदे योजनासहित अभियान सुरु गरेको ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए । ‘हामी हिजोको बिरासत फर्काउने अभियानमा छौँ’, उनले भने ‘त्यतिबेला अमरज्योति नेपालमा नै उत्कृष्ट विद्यालय थियो, तर अहिले त्यस्तो छैन, त्यसैले शैक्षिक स्तर सुधारका लागि हामीले योजना बनाएर कार्यान्वयन गर्दैछौँ ।’ विद्यालयको ५८ औं बार्षिक उत्सवको अवसर पारेर सो अभियान सुरु गरिएको उनले बताए । आउँदो शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालनको तयारीमा रहेको विद्यालयले अडियो, भिडियो र प्रोजेक्टरमार्फत पढाउनुका साथै कम्प्युटर ल्याबलाई ब्यबस्थित गर्ने योजना बनाएको छ । अभियान अन्तरगत नै विद्यालयको वेभसाईट निर्माण गर्ने, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको ब्यबस्था गर्ने निर्णय भएको छ ।

यस्तै, पालुङटार नगरपालिकाको सहयोगमा गरिव, टुहुरा, तथा जेहेन्दार २० छात्र(छात्राहरुका लागि निशुल्क छात्रावास र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालयले नै पोशाकको व्यवस्था गर्ने पनि निर्णय भएको ब्यबस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए ।
हरेक परीक्षामा अभिभावकको उपस्थितिमा मात्रै परीक्षाफल प्रकाशित गर्ने विद्यालयले जनाएको छ ।
अभियान अन्तरगत नै कक्षा कोठमा शिक्षक तथा विद्यार्थीलाई मोवाईल फोन प्रतिबन्ध लगाउने पनि निर्णय भएको छ ।
विद्यालयमा १० लाख रुपैँया बराबरको आकस्मिक शिक्षक अक्षयकोष स्थापना गरी सोको ब्याजबाट गम्भीर प्रकृतिका रोगबाट ग्रसित कार्यरत शिक्षक(कर्मचारीलाई उपचार खर्च दिने तय भएको छ ।

शैक्षिकस्तर बृद्धिका लागि युनाइटेड मिसन र शिक्षा मन्त्रालयसँग समन्वय गरी स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।
पूर्व विद्यार्थी प्राध्यापक डाक्टर स्वर्गीय उपेन्द्र देवकोटाको सम्झनामा उपेन्द्र मेमोरियल पार्क र विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गर्ने पनि तयारी भएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
भुकम्पले भत्काएको विद्यालय पुनर्निमाणका लागि राष्टिूय पुनर्निमाण प्राधिकरणले बनाएको गुरुयोजनालाई अन्तिम रुप दिन पूर्व विद्यार्थीको संस्था साझाका उपाध्यक्ष कृष्ण देवकोटालाई जिम्मेवारी दिईएको उनले बताए । उनका अनुसार राष्टिूय पुनर्निमाण प्राधिकरणले सो विद्यालयको भवन निर्माणका लागी नौ करोड रुपैँया विनियोजन गरेको छ ।

Back to top button