नेपाल प्रहरीमा ठूलाे संख्यामा भर्ना खुल्याे, हेर्नुहाेस कति पद …..

फागुन १३, २०७५ काठमाडौं : नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ। सोमबार सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोके को छ। एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले आवेदन खुलाएको हो। प्राविधिक जवान मात्रै एक हजार चार सय २२ जना माग गरिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौति क पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केनाइन महाशाखा, हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका लागि कर्मचारी माग गरेको जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १६ देखि चैत २२ सम्म आवेदन दिन सक्नेछन् । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ सय ३२ जना लेखा अधिकृतको समायोजन गरे को छ। मन्त्रलायको फागुन पाँचको निर्णयअनुसार एक हजार ए क सय ३२ जनाको समायोजन गरेको हो। समायोजन फाराम नभरेका १५ जनाको पनि मन्त्रलायले समायोजन गरेको छ। मन्त्रलायका प्रवक्ता सहसचिव सुरेश अधिकारीले समायोजन फाराम नभरेकाहरूको पनि समायोजन थालिएको जानकारी दिए। उनले भने, समा योजन फाराम नभरेकाहरूको पनि समयोजन थालिएको छ, समायोजन फाराम नभरेर बस्न त पाइएन नि?’ अधिकारीका अनुसार समायोजन फाराम नभर्नेहरूको पनि उनीहरूलाई पाएक पर्ने स्थानमा पठा इन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker