महिला सङ्घ बन्दीपुरमा गिरी

तनहुँ समाचारदाता
डुम्रे, फागुन ९ गते । नेपाल महिला सङ्घ बन्दीपुर गाउँ कार्य समितिमा लिला गिरीको सभापतित्वमा सर्वसम्मत ११ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको छ ।
नव गठित सङ्घको उपसभापतिमा रिता तिवारी, सचिवमा सिता थापा , सहसचिवमा सविना गुरुङ, कोषाध्यक्षमा कोमाया थापा चयन हुनु भएको छ । सदस्यहरुमा मनमाया भट्टराई , सविना मिया , इन्दिरा भट्टराई अम्बिका नेपाली विजया खनाल र विष्णुमाया डल्लाकोटी रहनु भएको छ । अधिवेशनको पूर्व सांसद रामचन्द्र पोख्रेलले बिहीबार उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रम नेपाली काँग्रेसका महासमितिका सदस्य रामचन्द्र अधिकारी , महाधिवेशन प्रतिनिधी मानकाजी श्रेष्ठ , जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, नेपाली काँग्रेस जिल्ला सदस्य सान्नानी पाण्डे , बन्दीपुर गाउँ कार्य समितिका सभापति कर्णबहादुर खत्री , सङ्घको क्षेत्रिय सभापति बृद्धा रानाभाट , पार्टीका पूर्व क्षेत्रिय सभापति ज्ञानेन्द्र अधिकारी , तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिकी पूर्व सभापति सरिता पिया लगायतले गुट उपगुटमा नलागि एक जुट भएर पार्टी सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिुन भएको थियो ।

Back to top button