भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव


रविन्द्र कंडेल
फागुन १०, गोरखा ।
गोरखाको पालुङ्टारमा फागुन ४ गतेदेखि सञ्चालन भएको प्रथम लिगलिग पालुङ्टार महोत्सवको सातौं दिनसम्म आइपुग्दा करीब २५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । सातौं दिनसम्म आइपुग्दा विभिन्न राष्टिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति देखाइसकेका छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा प्याराग्लाइडिङ रहेको छ । महोत्सवमा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, खाना महोत्सव, साँस्कृतिक भेषभूषा प्रदर्शनी लगायत विविध हास्यव्यङ्ग्य एवं मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेको महोत्सव आयोजक उद्योग बाणिज्य संघ पालुङटार इकाइका अध्यक्ष आषिश देवकोटाले बताउनुभयो ।
आज सातौं दिनमा महोत्सवमा चर्चित कलाकारहरु सम्झना लामिछाने, दुर्गेश थापा, रञ्जित परियार, विन्दा परियार एवं स्थानीय लोक गायिका अनिता पन्त लगायतकाको प्रस्तुतिबाट रौनकता थपिएको थियो । त्यस्तै गरी भोली महोत्सवमा हट गायिका ज्योति मगर नेपालकै कान्छा जादूगर गणेश के.सी. लगायतकाको प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा १५० स्टलहरु रहेका छन् भने महोत्सव अवलोकनको लागी गोरखा, तनहूँ, लमजुङ लगायतका स्थानहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको छ । महोत्सवबाट बचेको रकमबाट नगर क्षेत्रमा अत्यावश्यक बहुउदेश्यीय सभाहल निर्माणको थालनी गरिनुका साथै पालुङ्टारको पर्यटन प्रवद्र्धनमा लगानी गरिने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker