प्रथम पालुङटार लिगलिग महोत्सव शुरु, प्याराग्लाइडिङ उडान पनि समावेश

गोरखाकाे  पालुङटार नगरपालिका मा प्रथम  लिगलिग पालुङटार महाेत्सव शुरू भएकाे छ । गोरखा उद्योग बाणिज्य संघ पालुङटार बजार इकाइको आयोजनामा महोत्सव भएको हो । महोत्सवको शनिवार एक कार्यक्रमका बिच उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएपनि बिशेष कारणवश प्रचण्ड उपस्थित हुन नसकेपछि श्रेष्ठले उद्घाटन गरेका हुन् । स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवद्र्धनका लागी महोत्सव गरिएको आयोजकले जनाएको छ । महोत्सवमा ‘पालुङटार सिङगिङ एण्ड डान्सिङ स्टार’, औद्योगिक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, सांस्कृतिक भेषभुषा प्रर्दशनी सँगै विविध हास्यव्यग्य र मनोरन्जनात्मक कार्यक्रम हुनेछन् । महोत्सव अवधिभर प्याराग्लाइडिङ पनि हुने इकाइ अध्यक्ष आशिष देवकोटाले बताए । महोत्सवमा करिव डेढ सय स्टल छन् । महोत्सवको  करिव ४५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव स्थल प्रवेशका लागी सर्वसाधारण लाइ ५० र बिद्यार्थीका लागी ३० रुपैया लाग्ने आयोजकले बताएको छ । बृद्धबृद्धाको हकमा भने शुल्क तिर्नुनपर्ने इकाइका अध्यक्ष देवकोटाले बताए । महोत्सवबाट बचेको रकमले पालुङटार नगर क्षेत्रमा अत्यावश्यक बहुउदेश्यीय सभाहल निर्माणको थालनी गर्ने आयोजकको योजना छ । सँगै नगर क्षेत्र भित्रका उद्योग व्यापार व्यवसाय प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने र पर्यटन सम्बन्धि बिभिन्न कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ । महोत्सवको गोरखा सँगै लम्जुङ, तनहू लगायतका दर्शकले अवलोकन गर्ने बताइएको छ ।

Back to top button