सबै मिलेर विकास गरौं – डा. बाबुराम भट्टराई


अमरराज नहर्की
तनहुँ,(बाईसजाँगर)
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पाटी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबैले नै मिलेर विकास गर्नुु पर्ने बताउनु भएकोे छ । सो कुरा डा. भट्टराईले असल राजनीति र समावेशी विकासको लागि जनसंवाद यात्राको क्रममा तनहुँको बाईस जाँगरमा बुधबार गरिएको कोण सभालाई सम्बोधन गर्दै बताउनु भएको हो । बहुदलिय व्यवस्था भनेको एकले अर्कोलाई निषेध गर्ने व्यवस्था हैन सबै मिलेर विकासको लागि एकिकृत हुनको लागि हो ’ भट्टराईले भन्नु भयो –‘तपाई हामी सबै मिलेर सुखी समृद्ध नेपाल निमार्ण गरौ ।’
शान्तिपूर्ण ढङ््गले आर्थिक , सामाजिक परिवर्तन गर्ने दिन आएको भट्टराईको भनाई थियो । राजनीतिक क्रान्तिको लागि हामी लडेको र त्यो पुरा भएको छ अब समृद्धिको यात्रामा हिड््नु पर्ने उहाँको भनाई छ । पार्टीबीच स्वच्छ प्रस्तिपर्धा गरौं तर विकास र समृद्धिका ठुला योजना बनाउन एकिकृत ढङ््गले सोच्नु पर्छ’ पूर्व प्रधानमन्त्री डा.भट्टराईले भन्नु भयो । विकास समृद्धिको निम्ति राजनीतिलाई सफा राख्नु पर्नेमा भट्टराईको जोड थियो । भष्ट्राचार , अनिमितता जस्ता गलत प्रवृत्ति छ त्यसलाई रोक्नु पर्ने पूर्व प्रधानमन्त्री भट्टराईले बताउनु भयो । त्याग र बलिदानी गरेर पनि नेताहरु सक्ता पुगे पछि राम्रो काम गर्न नसकेको भट्टराईले बताउनु भयो । हिजो भन्दा आज भष्ट्राचार बढेको डा. बाबुराम भट्टराईले आरोप लगाउनु भयो । हिजो लाउडा लगायतका थोरै काण्ड थिए अहिले वाईड वडी , एनसेल , बुढीगण्डकी काण्ड , ३३ किलो सुन काण्ड जस्ता काण्डै काण्ड धेरै छन्् ’ पूर्वप्रधानमन्त्री भट्टराईले भन्नु भयो । यस्तै काण्डै काण्डले राजनीतिक प्रदुषित हुन थाल्यो भने विना मेहनत विना कमाई रातारात धनी हुने व्यवस्था जस्तो बदनाम हुने उहाँले बताउनु भयो । राजनीति सबै नीतिको पनि मुल नीति हो यसलाई भष्ट्राचार दलदल बाट मुक्त गर्नु पर्छ ‘भष्ट्राचार भनेको क्यान्सर हो जसलाई लागे पनि मार्छ त्यसले क्यान्सरले कसैलाई बचाउँदैन । उहाँले भन्नु भयो । ‘फलानो पाटीलाई लाग्यो मलाई लाग्दैन भन्नु हुँदैन त्यो रोग जसलाई पनि लाग्न सक्छ’ भट्टराईले थप्नु भयो । भ्रष्ट्रचारबाट सजक बनाउन यात्रा थालनी गरिएको उहाँले जानकारी दिनु भयो । सबै सजक बनाउन हामीले हिजो त्यत्रो त्याग र बलिदान गरेर आयौं आफूले एसएलसी दिने वित्तिकै १६ वर्षकै उमेरमा २०२७ गोरखापत्रमा नेपालको राजधानी फेर्न पछि भनि माग राखेको जानकारी भट्टराईले दिनु भयो ।‘ राजधानी गोरखा , तनहुँ र लमजुङ गरी तीन जिल्लाको म¥याङ््दी नदीले छोएको भू–भाग हुनु पर्छ भनि पाठक प्रतिक्रिया दिएको थिएँ ।’ उहाँले स्मरण गर्नु भयो । आधुनिक पुलहरुले तीन जिल्लाका टारलाई जोड््यौ भने ठुलो सहर बसायौं भने नेपालको राजधानी यहाँ उपयुक्त भनेर मैले त्यतीबेला भनेको हुँ ।डा. भट्टराईले भन्नु भयो । पूष्पलाल लोकमार्गमा अधिकांश जनताको बसोबास भएको र धेरै जनताको फाईदा पुग्ने किसिमले विकास गरिनु पर्ने भएकोले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजनामा पारेको डा. भट्टराईले जानकारी दिनु भयो । कार्यक्रममा पूर्वमन्त्री भिमप्रसाद गौतम , पार्टीका जिल्ला संयोजक देवेन्द्र थापा लगायतले विकास लागि जनताले के चाहेका छन्् सोको जानकारी लिनको लागि जनतामाझ जानको लागि कार्यक्रम गरिएको जानकारी दिनु भयो ।

Back to top button