सर्वसाधारणले पनि अब नेपाल टेलिकमकाे शेयर पाउने

सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ । नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत सेयरमध्येबाट २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो । मन्त्री बास्कोटाले सेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भइरहेको बताउनु भयो । सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरुलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो सेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ । नेपाल टेलिकममा हाल ९२ प्रतिशत सेयर सरकारको रहेको छ बाँकी ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ । मन्त्री बास्कोटाले अव ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकी २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताउनु भयो ।

Back to top button