च्याङली बचत तथा ऋण सहकारी संस्था को सातौं साधारण सभा सम्पन्न अध्यक्षमा पुनः वसन्त कुमार श्रेष्ठ


रविन्द्र कंडेल
माघ १९, गोरखा ।
च्याङली बचत तथा ऋण सहकारी संस्था लि. पालुङटार नगरपालिका वडा नं.७ च्याङली गोरखाको सातौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेसन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एवं पालुङटार नगरपालिका वडा नं.७ का वडाध्यक्ष बसन्त कुुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले पुन बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागी १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा रण बहादुर गुरुङ, सचिवमा गणेशलाल श्रेष्ठ, सहसचिवमा चिजा पाण्डे, कोषाध्यक्षमा इश्वर कुमार श्रेष्ठ रहेका छन । जसको सदस्यहरुमा रविन्द्र कंडेल, विनयबाबु कुमाल, छवी श्रेष्ठ,  आनन्दराज सिलवाल, प्रवास बाबु परियार, कोपिला कुमाल र रविना कुमाल  रहेका छन ।
संस्थाका जेष्ठ सदस्य डिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा शिक्षा उपसमितिका संयोजक छवी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको छ । सभामा वडा नं.७ का वडा सदस्य देवीलाल कुमाल, सहकारी संस्थाका सल्लाहाकार समितिका संयोजक नारायण कुमार श्रेष्ठ, लेखा समिति संयोजक कुमार प्रसाद ढकाल, स्थानीय शिक्षक तारा बहादुर कुमाल, सामुदायिक वनका तर्फबाट रण बहादुर कुमाल, च्याङली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डे, गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । सभामा कोषाध्यक्ष इश्वर कुमार श्रेष्ठ ले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै सचिव गणेशलाल श्रेष्ठले संस्थको गतिविधी तथा आगामी रणनिती सहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।
सभाले हरेक वर्ष जस्तै यस वर्ष पनि SEE परीक्षामा सम्मिलित भई शेयर धनीका छोराहरुमध्येबाट सर्वोत्कृष्ट अंक ल्याउने गणेशलाल श्रेष्ठका छोरा विश्रुत श्रेष्ठ र शेयर धनीका छोरीहरुमध्येबाट सर्वोत्कृष्ट अँक ल्याउने रामचन्द्र कुमालकी छोरी सिर्जना कुमाल लाई नगद रु.१००० तथा सम्मान पत्र सहित सम्मान गरिएको छ । त्यस्तै गरी जेष्ठ नागरिक श्री गणेश कुमार श्रेष्ठ लाई पनि दोसल्ला ओढाई प्रमाण पत्रका साथ सम्मान गरेको छ ।
वि.सं. २०६८ सालमा २८ जनाबाट शुरु गरिएको सो सहकारीमा हाल २२४ जना रहेका छन । जसको शेयर पूँजी हाल डेढ करोडभन्दा बढी रहेको छ ।

Back to top button