गोविन्द केसीकाे अनशन २४ औं दिनमा स्थगित

काठमाडौँ । प्रा.डा. गोविन्द केसीले २४ औं दिनमा अनशन स्थगित गरेका छन् । आफ्नो १६ औं पटकको अनशन डा.केसीले शुक्रबार राति ७ बजे पत्रकार सम्मेलन गर्दै स्थगित गरेका हुन् । उनले अनशन तोडे पनि सत्याग्रह जारी रहने जानकारी दिए ।

सरकारले संघीय संसद्‌बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकोले नागरिक समाजका अगुवा र शुभेच्छुहरुले अनशन स्थगित गर्न अपील गरेका थिए।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नागरिक अगुवा दमननाथ ढुंगाना, भोजराज पोखरेल, प्रभु बुढाथोकी, डा.दिनश प्रसाई‌, रविन्द्र सिंह बानियाँ, केदारभक्त माथेमा, प्रा.डा.भगवान कोइराला लगायतले केसीलाई अनशन तोडेर सत्याग्रहको अन्य उपाय अपनाउन सुझाव दिएका थिए।

Back to top button