एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि पहिलो शतक बनाए पारसले खुसीकाे खबर सबैले शेयर गराैं ।

नेपाली कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि पहिलो शतक बनाउने खेलाडी भएका छन्।

युएईबिरुद्ध सम्पन्न एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका हुन्। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका छन्।

११५ रन बनाएर आउट भएका खड्काले १५ चौका प्रहार गरेका थिए।

यसअघि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीले बनाएको सर्वाधिक व्यक्तिगत रनको रेकर्डसमेत तोडेका छन्। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए। पारसले ११५ रन बनाउँदै उक्त कीर्तिमान तोडेका हुन्।

यो सतक पारस खड्काले समग्र नेपाली राष्ट्रिय टिमको लागि प्रहार गरेको चौथो शतकसमेत हो।

पारसले सन् २०१२ को एसीसी ट्रफी प्रतियोगितामा कुवेत बिरुद्ध पहिलो शतक प्रहार गरेका थिए। उनले ७७ बल खेल्दै ७ चौका र ४ छक्कासहित नटआउट १०६ रन बनाएका थिए।

त्यसपछि सन् २०१६ को नेपालमै भएको आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाबिरुद्ध शतक प्रहार गरेका थिए। उनले ९४ बल खेल्दै ७ छक्का र ५ चौकासहित १०३ रन बनाएका थिए।

गत वर्ष युएईबिरुद्धनै नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा पारसले व्यक्तिगत चौथो शतक बनाएका थिए। यस क्रममा उनले१०३ बल खेल्दै ८ छक्का र ३ चौकासहित ११३ रन बनाएका थिए।

Back to top button