युनाईटेड बोर्डिङ स्कुल काे बार्षिक उत्सव सम्पन्न

गाेरखा, माघ११

युनाईटेड बोर्डिङ स्कुल पालुङटार गोरखाको १६आैं अभिभावक तथा १५अाैं बार्षिकोत्सव आज बिबिध कार्यक्रमहरुका बिच सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छबिलाल बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका पालुङटार नगरपालिकाका मेयर ई. दिपक बाबु कँडेलले पानसमा दीप बालि समुद्घाटन गर्नुभएको थियो। बिशेष अतिथिको रुपमा प्याब्सन गोरखाका अध्यक्ष सिताराम तिवारी र नगर शिक्षा पालुङटारका स्रोत व्यक्ति चित्रराज देवकोटा रहेको कार्यक्रममा प्रिन्सिपल शिबहरि देबकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो भने उपस्थित अतिथिहरुलाई बिद्यालयका सहायक प्रिन्सिपल दिपक गुरुङले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थिए। कार्यक्रमको सञ्चालन भने शिक्षक रिन्जि शेर्पा र शिक्षिका सरला सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker