बेहोस अवस्थामा मानिस भेटियो

तनहुँ समाचारदाता
तनहुँ, माघ १० गते । बन्दीपुर गाउँपालिका–१ बेलभन्जाङमा बुधबार साँझ एक व्याक्ति वेहोस अवस्थामा भेटिएका छन् ।
पृथ्वीराजमार्गमा सडकको छेउमा नाक र मुख रगत आइ लडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । सो मानिसको पहिचान हुन नसकेको र दमौली अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख निरज डाँगीले जानकारी दिनु भयो ।
फेला परेको व्याक्ति , क्षयरोग लागेको पातलो शरिर अन्दाजी ५ फुट ४ इन्च उचाई भएको करीव ५५ वर्षको भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोल्न नसकेकाले पहिचान गर्न कठिन भएको हो ।

Back to top button