आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय ५ दिने एन्फा लाइसेन्स कोचिङ कोर्स सुरु ।।

 

आँबुखैरेनी, ८ माघ । तनहुँको आँबुखैरेनीमा सोमबारबाट गण्डकी प्रदेश स्तरीय ५ दिने एन्फा लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा पहिलोपटक जिल्ला फुटबल संघ तनहुको आयोजनामा सो कोर्स सुरु गरिएको जिल्ला फुटबल संघ तनहुका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्षद्धोय कृष्ण बहादुर थापा र उपेन्द्रमान सिंहलाई फुटबल हस्तान्तरण गरेर सोे एन्फा लाइसेन्स कोचिङ कोर्सको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्षद्धोय कृष्ण बहादुर थापा, उपेन्द्रमान सिंह, जिल्ला फुटबल संघ तनहुका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख महेशराज पाठक, आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी., तनहु उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका सभापति कृष्णमान तामाङ्ग, लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए । एन्फाका टेक्निकल डाईरेक्टर जापानिज नागरिक चाइकी ताकिदा र गोल किपर प्रशिक्षक तोसी हिरो मित्सुमारुले प्रशिक्षण दिईरहनुभएको एन्फा लाइसेन्स कोचिङ कोर्समा गण्डकी प्रदेशको विभिन्न ८ जिल्ला र काभ्रे जिल्लाका गरी ३२ जना सहभागि भएका छन् ।

Back to top button