गोरखा मोडर्न बोर्डिङ स्कूलाई प्याबसन कप २०७५ को उपाधी

सुजन न्यौपाने, माघ ५, गोरखा ।

निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याबसन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याबसन कप २०७५ फुटबल प्रतियोगिता २०७५ को उपाधी गोरखा मोडर्न बोर्डिङ स्कूल पालुङटार हवाइग्राउण्डले   हात पारेको छ । माघ ३ गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्ला भित्रका निजि तथा आबासीय १३ बिद्यालयहरुकोे सहभागिता रहेको थियो । गोरखा मोडर्र्न पालुङटार हवाइग्राउण्डले न्यू होराइजन बोर्डिङ स्कूल बुंकोटलाई ट्राइबेकरमा ४- ० गोल अन्तरले हराउँदै उपाधी हात पारेको हो । गोरखा हरमटारीस्थित गोरखा मोडर्न स्कूलले नगद रु.२० हजार, कप, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपबिजेता न्यू होराइजनले रु.१५ हजार मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै गरी सेमी फाइनल पुगेका सूर्य मेमोरियल बोर्डिङ च्याङली र मोर्डन इङलिस बोर्डिङ स्कूल हरमटारीलाई नगद रु. ५/५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । गोरखा मोडर्नका खेलाडी विसन तामाङलाई उत्कृष्ट खेलडी घोषित गरिएको थियो ।
गोरखा प्याव्सनका अध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा पालुङ्टार नगरपालिकाका प्रमुख इ. दिपकबाबु कंडेलले प्रमुख अतिथिको रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमका सहयोगीहरुलाई सम्मान पत्र प्रदन गर्नुका साथै कार्यक्रममा खेलका रेफ्रिहरु सञ्जय वि.क, दिपक गुरुङ र सञ्जिव तामाङलाई सम्मान तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

निजि बिद्यालयहरु बीच आपसी सम्बन्ध र खेलकुद बिकास अभिबृद्धि गर्न आयोजना गरिएको उक्त प्रतियोगितामा भोलि ५ खेल हुने युनाइटेड स्कुल पालुङटारका शिक्षक दिपक गुरुङले बताउनुभयो ।

 

 

Back to top button