मित्रता मा.वि.का विद्यार्थीहरुद्धारा च्याउखेती शुरु

तनहुँ, माघ ३

तनहुँकोे मित्रता मा.वि.का विद्यार्थीहरुद्धारा च्याउखेती शुरु गरेका छन् ।  तनहुँको आँबुखैरेनी गा.पा.१ सत्रसयमा रहेको मित्रता मा.वि.मा ब्यवशायीक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले च्याउखेती शुरु गरेका छन् । ब्यवशायीक शिक्षा अन्तरगत डिप्लोमा ईन एग्रीकल्चर ( बाली विज्ञान ) विषयमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीहरुले आफ्नै लगानीमा च्याउखेती शुरु गरिएको विद्याालयका प्रधानाध्यापक ध्रुव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको २ वटा खाली रहेको कक्षाकोठामा च्याउखेती शुरु गरिएको र वीउ खरिदका लागी स्थानीय मिलिजुली कृषि सहकारी संस्था बरादीले सहयोग गरेको जानकारी दिनुभयो । च्याउखेतीको बुधबार एक कार्यक्रमको आयोजना गरी शुरु गरिएको विद्यार्थी रेश्मा भट्टराईले जानकारी दिनुभयो । वि.ब्य.स. अध्यक्ष भिष्मकान्त गौलीको सभापतित्वमा भएको सो कार्यक्रममा शि.अ.संघका अध्यक्ष हरिप्रसाद काराखेतीले कृषि विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि प्रयोगात्मक अभ्यासका लागि विद्यालयको केही जग्गा ब्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ( तरकारी जोन ) तनहुँका प्रमुख कुलप्रसाद अधिकारीले च्याउखेती तरकारी खेती अन्तरगत नराखिएको भन्दै आगामी वर्षबाट यस खेतीलाई पनि सहयोग हुने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सो कार्यक्रममा वडा सदस्य सरस्वती अधिकारी, मिलिजुली सहकारीका अध्यक्ष इश्वरबावु गौली, देवीस्थान कृषक समूहकी पद्मा रसायली, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा गायक कमल सापकोटाले युवाहरुलाई नेपालमै बसेर कृषि कर्म गर्न आह्वान गर्दै गीत प्रस्तुत गर्नुभएको थियो ।

Back to top button